" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्याउदै आएको छ । "
सिंहदेवी प्रा वि को नवनिर्मित भवनको उदघाटन गर्दै एलिस्टार म्याक्लिन (Click to Enlarge)
SINGLA स्कूलको उदघाटन १३ नोभेम्बर २००९ को दिन गोरखाको गाउंमा अवस्थित सिंहदेवी प्रा.वि.को नवनिर्मित भवनको उद्घाटन् गर्दै एलिस्टार म्याक्लिन। फर्निचर सेट र एउटा फोहोर जलाउने घर सहितको यो ४ कोठे विद्यालय भवनको निर्माण सिपाही Thaman Gurung VC को सम्झनामा गोर्खा वेल्फेयर स्कीम र ५ रोयल गोर्खा राइफल्स् (फ्रन्टिअर फोर्स) रेजिमेन्टल एशोसिएसनको संयुक्त सहयोगबाट गरिएको हो ।
चितवनको परिसरमा ठाडो Drilling गरिंदै (Click to Enlarge)
AWC चितवनमा DRILLING सम्पन्न AWC चितवनको परिसरमा ठाडोVERTICAL DRILLING गरिंदै। अहिले यो DRILLING गर्ने कार्य सकिएको छ र यो एउटा नियमित पानीको श्रोतको रुपमा परिणत भएको छ। यो प्रणालीबाट अहिले प्रति घण्टा ३,००० लिटरभन्दा बढि पानी आपूर्ति भैरहेको छ र यसबाट AWC मा आउने भू.पू. सैनिक समुदाय र यहांका कर्मचारीहरुलाई प्रशस्त पानी पुगेको छ।