| स्याङजाको हालखबर |
दोश्रो विश्वयुद्धका योद्धा ९३ वर्षीय सिपाही मनिसोर राना ex-1/5 GR को साथमा डा. आनन्द गुरुङ( Click to Enlarge)
GWS को एक घुम्ति डाक्टर, डा. आनन्द गुरुङको यस AWC मा एट्याच्मेन्ट संगै यो त्रैमासिक शुरु भयो । करिब ४ हप्ता लामो बर्साईको अवधिमा उहांले कहिले AWO र कहिले कुनै एक AAWO को साथमा स्याङजा र पर्वतको विभिन्न क्षेत्रमा पुगेर २१७ जना वेल्फेयर र र्सर्भिस पेन्सनरहरूलाई स्वास्थ्य सेवा दिनुभयो । ती मध्ये सबैजसो लाभान्वितहरू ८०-९० वर्षा बुढाबुढिहरू थिए ।
|
 |
स्थानीय वुद्धिजिवीहरुलाई AWC को गतिविधिबारे जानकारी गराउँदै AWO स्याङजा( Click to Enlarge)
४ मार्चको दिन AWO द्वारा बाहाकोट गा.वि.स. अर्न्तर्गत भञ्ज्याङ गाउंमा रहेको नुबाहाकोट मा.वि.लाई रुम टु रिड नामक संस्थाबाट प्राप्त विभिन्न विषयका किताबहरूको २ वटा ठूला प्याकहरू हस्तान्तरण गरियो । ६ मार्चको दिन जिल्लाका प्रमुख व्यक्तित्वहरू र स्थानीय वुद्धिजिवीहरूको लागि ब्ध्ऋ मा सानो जलपानको आयोजना गरियो । कार्यक्रममा प्रमुख जिल्ला आधिकारी श्री नन्दिकेशर त्रिपाठी मुख्य अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा AWO बाट AWC स्याङजाको सम्पूर्ण कार्य र गतिविधिबारे जानकारी गर्राईएको थियो ।
|
 |
|
अर्को दिन ७ मार्चमा एक्सरर्साईज हिमालयन ब्लुबेल ०९ को टोली लेफि्टनेन्ट मार्क जेफी REME र उहांका साथीहरू आउनुभयो । उहांहरूले जिल्ला अस्पताल स्याङजामा रहेका विभिन्न उपकरणहरूको तुरुन्तै मर्मत गरी तिनलाई प्रयोग योग्य बनाएर पुर्याउनु भएको सहयोगको लागि थुप्रै बिरामीहरूको तर्फबाट हामी AWC स्टाफ उहांहरूलाई धेरै धन्यवाद दिन चाहन्छौं । जे भए पनि AWO ले यो कुरा सोध्न चाहनु भएको छ कि सार्जन्ट बौउले अन्त्यमा आफ्नो ३५० सि.सि.को रोयल इन्फील्ड मोटरसाइकल फुकालेर झोलामा प्याक गरेर लैजान सक्नुभयो कि नाइ कुन्नि- किनकी AWO ले आफ्नो मेशिन त्यसरी ल्याएको देखेर उहांले पनि त्यहि विचार गर्नुभएको थियो ।
|
 |
पुनर्निर्माण गरिएको घरको अगाडि ८३ वर्षीय विधवी गौन्ति थापा( Click to Enlarge)
त्यसपछि वेल्फेयर पेन्सन वितरण गर्ने हप्ता शुरु भयो जस्मा ७४१ जना वेल्फेयर पेन्सनर AWC मा आएर त्रैमासिक रुपमा पाउने रु. ११,४०० बुझिलिए साथै औषधि उपचार पनि गराए । यसै दौरानमा सोमबारको दिन यू.के.बाट आएका फोटोग्राफरहरू क्रिस्पिन र सुसी ह्युज आउनुभयो र फोटोहरू खिच्नुभयो । अन्त्यतिर आएर २ वटा घर जलेको निवेदनहरूको पनि स्थलगत जांचबुझ सम्पन्न गरियो, एउटा र्सर्भिस पेन्सनरलाई कादुरी मार्फत उपलब्ध गर्राईएको व्हिल चियर हस्तान्तरण गरियो र एउटी विधवीलाई भत्कनै लागेको घरको पुनर्निर्माण गर्न अघिल्लो त्रैमासिकमा दिईएको दुःख कष्टमा दिईने अनुदानबाट उनको घरको पुनर्निर्माण सम्पन्न भयो ।
|
 |