" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्याउदै आएको छ । "
वृद्ध-आश्रम निर्माणस्थलमा जर्नेल साहेब र लेडि रिचार्डस् (Click to Enlarge)
कर्णेल कमाण्डेन्ट ब्रिगेड अफ गोर्खाज तथा गोर्खा वेल्फेयर ट्रष्ट -यू.के.) को अध्यक्ष जर्नेल सर डेविड रिचार्डस र KCB CBE DSO ADC Gen र उहाकी श्रीमति लेडी रिचार्डस ले २४-२७ फेब्रुअरी २००९ को अवधिमा GWS को भ्रमण गर्नुभयो । GWS को प्रधान कार्यालयमा आई पुगेपछि उहांहरूलाई फिल्ड र्डाईरेक्टर ले. कर्णेल एडरिन ग्रिफिथले GWS को गतिविधिबारे जानकारी गराउनु भयो । त्यसपछि उहांहरूले च्ध्क्ए र कादुरी लगायत ज्त्त GWS को सबै कार्यालयहरूको भ्रमण गर्नुभयो र सबै स्टाफहरूसंग भेटनुभयो । त्यसपछि उहांहरूले AWC कास्कीमा बन्दै गरेको वृद्ध-आश्रम को भ्रमण गर्नुभयो ।
पाहुनाहरु मिछुर्लुङ्गमा निर्मित खानेपानी योजनाको धारा अवलोकन गर्दै (Click to Enlarge)
२५ फेब्रुअरीको दिन जर्नेल साहेब र मेमसाहेबको टोली एक दिनको ट्रेकिङ्गको लागितनहुं जिल्लाको मिछुर्लुङ्ग गाउंतिर लाग्यो । त्यहां उहांहरूले RWSP द्वारा निर्मित एउटा खानेपानी योजनाको अवलोकन गर्नुभयो अनि थुप्रै भू.पू.सैनिकहरूसँग भेटघाट र कुराकानी गर्नुभयो। यसको साथै उहाँहरूले त्यहाँ रहेको एउटा प्राथमिक विद्यालयमा पनि भ्रमण गर्नुभयो र त्यहाँका विद्यार्थीहरूलाई मेमसाहेबले केहि शैक्षिक सामाग्रीहरू वितरण गर्नुभयो।
सेती नदिमा र्याफि्टङ्ग गर्दै (Click to Enlarge)
अर्को दिन दिउँसो मिछुर्लुङ्गबाट फर्केपछि सिधै उहांहरू HQ GWS का सिनियर स्टाफहरूको साथमा एक दिनको लागि सेती नदिमा र्याफि्टङ्ग जानुभयो । र्याफि्टङ्ग तनहुँको दमौलीबाट शुरु भएर चितवनको गाईघाटमा समाप्त भएको थियो । त्यसपछि २७ फेब्रुअरीको दिन टाइगर टप्स्जाने क्रममा उहांहरूले वेल्फेयर सेन्टर चितवनमा छोटो भ्रमण गर्नुभएको थियो । मेघौलीस्थित टाइगर टप्स्मा एक दिनको छुट्ट िबिताएपछि १ मार्चको दिन जर्नेल साहेब र मेमसाहेब काठमाण्डौ र्फकनुभयो । यसरी GWS को अध्यक्ष र मेमसाहेबलाई स्वागत गर्न पाउनु सम्पूर्णGWS स्टाफहरूको लागि खुशि र सौभाग्यको कुरा हो । हामीलाई विश्वास छ कि उहांहरूले पनि भ्रमणबाट आनन्द लिनुभयो होला ।